विजयपुर । गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा करोडमाथि नाफा गरेको छ ।
शुक्रबार धरान–१० स्थित सैनिक भवनमा सम्पन्न २१ औँ साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनले करोडमाथि नाफा भएको देखाएको छ ।
सहकारी प्रतिवेदनमा कुल आम्दानी ५ करोड ९ लाख ३८ हजार ३७ रुपैयाँ रहेको छ भने कुल खर्च ३ करोड ३९ लाख ६९ हजार ३ सय १८ रुपैयाँ रहेको छ । सहकारीको कुल बचत/नाफा १ करोड ६९ लाख ६८ हजार ७ सय १९ रुपैयाँ २८ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको शेयर रकम ४ करोड २४ लाख ४३ हजार ३ सय रुपैयाँ रहेको छ । निक्षेप सङ्कलन ३६ लाख ९२ हजार ६७ हजार ३ सय ६८ रुपैयाँ रहेको छ ।
सहकारीका अध्यक्ष मानबहादुर राईको सभापतित्वमा सम्पन्न साधारणसभामा धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा प्रमुख अतिथि रहेका थिए ।