भद्रपुर । अवैध रुपमा भारतबाट नेपाल भित्राइएको ७० किलो माछा सशस्त्र प्रहरीले बरामद गरेको  छ । झापाकोे पृथ्वीनगर नाकाबाट भित्राइएको माछा सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट पृथ्वीनगरका इन्स्पेक्टर हेमन्त लिम्बूको नेतृत्वमा खटिएका टोलीले बरामद गरेको हो ।

साविक पृथ्वीनगर गाविस हाल भद्रपुर– ३ भैसावाडीस्थित चिया बगानमा लुकाई छिपाई राखेको अवस्थामा ७० केजी बराबरको झन्डै २७ हजार रुपैयाँ बराबरको माछा बरामद गरेको लिम्बूले जानककारी दिए ।

भारतबाट आयातित माछामा सरकारले कडाइ गरेपछि चोरी निकासीको बाटोबाट माछा नेपाली बजार भित्रिरहेको अवस्थामा सशस्त्र प्रहरीले माछा बरामद गरेको बताइएको छ । बरामद गरिएको माछालाई स्थानीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, क्लबका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।