धरान । धरान–९ गौतम पथमा चाइनाबाट उत्पादित स्पोर्टस् एसोसेरिज एक्सटिपीको नयाँ शोरुम सञ्चालनमा आएको छ ।

शोरुमको अखिल नेपाल फुटबल सङ्घ एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले उद्घाटन गरे । उनले धरानमा यस्ता स्पोर्टस् एसोसेरिजको आवश्यकता रहेको बताए ।

शोरुमका सञ्चालक सन्दीप श्रेष्ठले गुणस्तरीय सामग्री बिक्री गर्ने उद्देश्यले एक्सटिपीको सामग्री बिक्री सुरु गरेको बताए । प्रदेश १ को धरानमा पहिलोपटक शोरुम सञ्चालनमा आएको हो ।

एक्सटिपीले जुत्ता, कपडा, ट्राउजर, हाफपेन्ट, टिसर्टलगायतका सामग्री उत्पादन गर्दै आएको छ । चीनभित्र २०२१ मा पहिलो नम्बरमा परेको कम्पनी हो । नेपालमा रेम्बो प्रालिले सन् २०१६ देखि बिक्री प्रारम्भ गरेको प्रालिका निर्देशक गणेशमान श्रेष्ठले बताए ।

एक्सटिपीको धरानमा सातौँ शोरुम हो । अब चाँडै नै पथरीमा पनि सञ्चालनमा आउन लागेको प्रालिले जनाएको छ ।