जिल्लाका अगुवा सामाजिक अभियन्ता, लेखक एवं पत्रकार रामप्रकाश समथिङको बिहीबार साँझ निधन भएको छ ।

शरीरमा अक्सिजनको कमी, रगतमा ‘प्लेटलेस’ तथा रक्तचापमा कमी लगायत समस्या भोगिरहनुभएका उहाँको उपचारका क्रममा झापाको विर्तामोडिस्थित बिएण्डसी अस्पतालमा निधन भएको हो ।

विसं २०२६ माघ २९ गते जिल्लाको नांगीनमा जन्मिएका समथिङ पत्रकारिता र गैरसरकारी संस्थामार्फत सामाजिक क्षेत्रमा क्रियाशील थिए । उनको वास्तविक नाम रामबहादुर गुरुङ रहे पनि उनि समथिङ नामले चिका थिए । फिदिममा रहेर हालसम्म उनका ५५ वटा कृति प्रकाशन भएका छन् ।

विशेषत उनले तथ्याङ्कीय विषयको सङ्ग्रह, रसरङ्गका विषयलाई समेटिएका उपन्यास, कथा सङ्ग्रहलगायत कृति प्रकाशन गर्दै आएका थिए। उनले एकै पटक २२ वटा कृति जिल्लाका पत्रकारबाट विमोचन गराएका थिए भने चिकित्सकबाट समेत नौवटा कृति एकैसाथ विमोचन गराएका थिए । 

उनि सरकारको सिफारिसमा गत वैशाख १ गते जनसेवाश्री पदकबाट विभूषित भएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।