राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रदेश नम्बर १ को प्रबक्तामा सुनसरीका बिजय कुमार राउत चयन भएका छन् । राप्रपाको भदौ ५ मा भएको पहिलो बिस्तारित बैठकबाट राउतलाई प्रबक्तामा प्रदेश अध्यक्ष राम थापाले मनोनीत गरेका हून।
आइतबार भएको प्रदेश स्तरीय बिस्तारित बैठकले प्रबक्तामा राउत सहित प्रदेशको बरिस्ठ उपाध्यक्षमा होम कुरुङबाङ्ग, महिला उपाध्यक्षमा राधा ढ्काल सह-सचिबमा चन्द्र बहादुर थापा, सह-सचिब चन्द्र मणि पौडेललाई केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनित पत्र प्रदान गरेका थिए ।
१ नम्बर प्रदेश प्रबक्तामा चयन भएका राउत सुनसरी निवासी हून। राजनीतिशास्त्र तथा शिक्षा शास्त्रमा स्नातकोत्तर गरेका राउतलाई १ नम्बर प्रदेशमा प्रभावशाली युवा नेताको रुपमा कार्यकर्ताहरुले लिने गरेका छन।
झापाको दमकमा भएको प्रदेश स्तरीय बिस्तारित बैठकले आगामी संघ र प्रदेशको चुनावमा राप्रपालाई बलियो शक्तिको रुपमा उठाउन केन्द्रिय अध्यक्ष लिङ्देनले कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए । देशको समृद्धि र सकारात्मक रुपान्तरण गर्न सक्ने पार्टी राप्रपा मात्रै भएको हुनाले सबै जनताहरुले राप्रपालाई भोट हाल्न समेत अध्यक्ष लिङ्देनले आह्वान गरेका छन।
राप्रपा प्रदेश १ को अध्यक्ष रामकुमार थापाको सभाध्यक्षमा भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यता, बिशिस्ट अतिथी, पूर्ब गृहमन्त्री तथा सल्लाहकार समितिको अध्यक्ष निरन्जन थापा, अतिथिहरु महामन्त्री प्रल्हाद शाह ,केन्द्रिय प्रबक्ता सगुन सुन्दर लावती, केन्द्रिय प्रबक्ता गोपाल दाहाल , सह प्रबक्ता दिनेश शाह लगायत केन्द्रिय सदस्यहरु ,१४ जिल्लाकै अध्यक्षहरु ,प्रदेश सदस्यहरु लगायत स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।
































