भोजपुर । भोजपुरमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्न्युुनिष्ट पार्टी नेकपाको नेपाल बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
महासचिव विप्लव लगाएत नेतालाई अदालतले पक्राउ पुर्जी जारी गरेको बिरोधमा गरिएको बन्दले जिल्लाको जनजीवन प्रभावित भएको हो । बन्दका कारण लामो तथा छोटो दुुरीका यातायातका साधन नचल्दा यात्रुु अलपत्र परेका छन् ।
सवारी साधन नचल्दा जिल्ला बाहिर जाने र जिल्ला आउने यात्रुु विभिन्न ठाउमा अलपत्र परेको सिद्धकाली यातायात प्रा लि भोजपुरका अध्यक्ष गोपाल तामाङले बताए । बन्दका कारण सदरकुुकामबाट चल्ने सबै खालका सवारी साधन ठप्प हुनुुका साथै दिङ्ला भोजपुुर र दिङला सतीघाटमा समेत सवारी साधन चल्न नसेको उनले जानकारी दिए ।
उता जिल्लाको बालाङ्खा रानीटार , घोडेटार मचुवाटार लगाएत रुटमा चल्ने यातायातका साधन पनि बन्दका कारण ठप्प रहेका छन । यस्तै जिल्लाका अधिकांश शैक्षिक सस्था , बजार पसल र सरकारी तथा गैह्रसरकारी सस्थाका कार्यालयहरुमा पनि बन्दको प्रभाव परेको छ ।