धनकुटा । नेपाल फोटो पत्रकार महासंघ धनकुटाको अध्यक्षमा कबिराज घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो धनकुटा जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा ७ सदस्यीय कमिटी पुनर्गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा सर्मिला राई, सचिवमा ईश्वर थापा, सह–सचिवमा मानवी तामाङ, कोषध्यक्षमा विकास घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा नरेन्द्र कश्चित र सन्तोष सुवेदी रहेका छन् ।
अधिवेशनको अवसर पारेर धनकुटाका अग्रज तथा पुराना पत्रकार धनकुटा–७ परिचयमोड निवासी विश्णुमान श्रेष्ठलाई सम्मान गरिएको छ । वि. सं. १९९४ सालमा जन्मिएका श्रेष्ठ धनकुटामा ०३३ साल देखी ०५० सालसम्म राष्ट्रिय समाचार समितीका प्रतिनिधीको रुपमा काम गरेका थिए ।
त्यस्तै उनी नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक सदस्य सहेत रहेका छन । त्यस्तै निवार्चन समितिले आगामी भाद्र २९, ३० र ३१ गते चितवनमा हुुने राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि मानवी मोक्तान, ईश्वर थापा र हरीबहादुर लम्जेललाई मनोनित गरेको छ ।
कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, फोनिज संघिय समिति सदस्य विदुर खवास, फोटो पत्रकार महासंघ निवर्तमान अध्यक्ष रमेशचन्द्र्र अधिकारी, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, फोनिज जिल्ला अध्यक्ष विनु चेम्जोङ लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
































