गर्भपतन गराएको तीन दिनमा महिलाको मृत्यु भएपछि माइती पक्षले छाविको माग गरेको छ । 

सुनसरीको इटहरी उपमहानगरपालिका ५ की मनिला बुढाथोकीको गर्भपतन गराएको ३ दिन मै असामान्य मृत्यु भएपछि माइती पक्षलले छानबिनका लागि इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका छन् । 

गत साउन २३ गते  इटहरीको परिवार नियोजनमा गर्भपतन  गराएकी मनिलाको अत्यधिक पेट दुखेर रक्तश्राव भएपछि उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ्गमा लगिएकोमा उनको सोही रात दश बजे मृत्यु भएको परिवार पक्षले बताएका छन् । 

तर मृतकका दाजु  नवराज थापाले  माइती पक्षलाइ  बिरामी भएको समयमै जनकारी नगराएको र जानकारी पाउदा मृत्यु भइुकेको बताए । उनका डाक्टरसँग लिएको जानकारी अनुसार मनिलालाई जण्डिस भएको, फोक्सो सुनिएको, पिसाब रोकिएको भएपनि पिसाब थैलीमा पिसाब भने नभएको पाइएको बताउँदै बहिनिको शवको प्रकृति हेर्दा मृत्यु नभई हत्याजस्तो देखिएकोले निष्पक्ष छानविनको माग गरेका छन् । 

धनकुटा जिल्लाको पाख्रिबास नगरपालिकाबाट विवाह गरी इटहरी आएकी मनिला एक छोरीका आमा रहेको बताइएको छ ।  मृतकको शवको पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको र पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाको विषयमा सत्यतथ्य बाहिर आउने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।