• छत्रपति सुवेदी नगर प्रमुख
  • गौरादह नगरपालिका, झापा


१. गौरादह नगरपालिकाले चालु बर्ष कुन क्षेत्रलाई बजेटले प्राथमिकरण गरेको छ ?

– त्यस्तो यहि क्षेत्र भनेर प्रष्ट छैन नगरलाई समृद्ध बनाउन यो बर्ष पूर्वधारलाई अलि बढी समेटने प्रकारको बजेट निर्माण गरेका छौ । किनकी यो एक बर्षको अवधीमा नगरमा आवश्यक पर्ने सवै वडामा कल्वर्ट, बक्स कल्वर्ट निर्माण सगै“  सवै कच्ची सडकलाई पनि ग्रावेल बनाउने योजना राखीएको छ ।

    यसैगरी स्वास्थ्यमा पनि नगर अस्पताल संचालन गरी स्वास्थ्य विमाको पहिलो सेवा केन्द्र संचालन र  र रोजगार सृजना हुने किसीमका प्रविधी बिज्ञान र वाली बिज्ञान पढाउनको लागि चम्रापारी र डोरामारीमा समन्धित निकास सग“  सम्वन्धन लिई कार्य अगाडी बढाएको छ ।

२. नगरका गौरवमा योजना कुन कुन छन ?

–  नगरमा भएका साना देखि ठुला सम्मका सवै योजना गौरवका योजना हुन किनकी ठूलो बजेट बिनीयोजन भएको भन्दै त्यो योजनालाई गौरवको योजनामा प्राथकिता दिदा“ अन्य साना तर नागरिकसग“ प्रत्यक्ष सरोकार राख्ने योजनामा विभ्ेद हुने भएकाले हामीले योजनाहरुलाई त्यस किसीमको नामङकन गरेका छैनौ ।  केही बर्ष भित्रमा गौरादह बजारमा सपिङ महल सगै“ आन्तरीक पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि नगर क्षेत्रमा भएका परम्परागत पोखरीहरुलाई पुर्ननिर्माण गर्ने योजना रहेको छ ।


३. भूमी आयोगको कार्य संम्पादन  कुन गतिमा  अघि बढेको छ ?

 – गौरादह नगरपालिका अन्र्तगत तत्कालीन महारानीझो“डा हालको वडा नं.– ४ र ५ नं. मा २०१८ साल देखि उपयोग गर्दै आएको जग्गाको मालपोत कार्यालयमा मोठ कायम नभएको अवस्था छ । मोठ कायम नभए  पछि जग्गा बैकमा धितो राखेर कर्जा लिन सक्ने अवस्था नभएकाले उक्त समस्या समाधानको लागि सकृयताका साथ कार्य गरीरहेको छ । केही बर्ष भित्रमा उक्त वडाका ५ हजार ५ सय पुर्जा वितरण गर्ने गतिमा काम गरीरहेका छौ ।


४.  अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको भूमीका र उनिहरु सगँको समन्वय कस्तो छ ।

– सर्वप्रथम हामी निर्वाचनको दिन सम्म मात्र निर्वाचन प्रक्रिया अन्र्तगत अलग अलग दलबाट उम्मेदार बनेका थियौ तर निर्वाचित भए पछि हामी सवै दलगत भन्दा पनि जनप्रतिनिधीका रुपमा सवै नागरिकको लागि कार्य गरीरहेका छौ र सवैका साझा समस्या भनेको सवै किसीमको विकास निर्माण आदी भएकोले एक अर्का विच समन्वय  गरेर कार्य संम्पादन गरीरहेका छौ ।


५. निर्वाचन अघि नागरिक समक्ष गरीएको घोषणा–पत्रको कार्यन्वयनको अवस्था कस्तो रहेको छ ?

– अव निर्वाचनको समयमा परम्परागत किसीमबाट घोषण–पत्र निर्माण गर्ने चलन सवै दलमा छ त्यही अनुरुमा हाम्रो पार्टी नेकपा एमालेले पनि निर्माण गरेको थियो । मैले उक्त घोषणा–पत्र र मेरो प्रतिवद्धता पनि सवै क्षेत्रमा वितरण गरेको थिए । उक्त घोषण–पत्र र प्रतिवद्धता अनुरुप निशुल्क शिक्षा, स्वास्थ्य, पूर्वाधार, सडक निर्माण,कृषीमा अनुदान लगायतका कार्यको कार्यन्वयन शुरु भईसकेको छ ।

प्रस्तुतीः मदनबाबु प्रसाई,उर्लाबारी