नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाएका हुन् । 

महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा छैन भने  । उनले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गरे ।  पाँच दलीय गठबन्धनका बीचमा आफनो पार्टीको जनमत नघटेको दाबीसमेत उनले गरे । कार्यक्रममा दाङको समग्र विकासका लागि आफू गम्भीर रुपमा लागिरहेकोसमेत महासचिव पोखरेलले बताए।