निजामती कर्मचारीहरूकाे काव्य ग्रन्थ  ‘राष्ट्रसेवक काव्यकुन्ज’ सार्वजनिक गरिएकाे छ ।  एकीकृत सरकारी कर्मचारी संगठन नेपालको सुनसरी जिल्ला कार्यसमितिले प्रकाशन गरेको उक्त काव्य ग्रन्थकाे इटहरीमा एक कार्यक्रमा प्रदेश १ का सामाजिक विकास मन्त्री तथा गीतकार राजन राईले ग्रन्थ लोकार्पण गरेका हुन् ।

१२३ कवि समेटिएको काव्य ग्रन्थ पूर्व र वर्तमान कर्मचारीहरूहरूका १२३  कवि समेटिएको छ । जसमा  पूर्व कर्मचारी सत्यमोहन जोशी, दिनेश अधिकारी देखि वर्तमान कर्मचारीहरूको कविताहरू संग्रहमा अटाएका छन् । 

कार्यक्रममा कवि मनु मन्जिलले कर्मचारीहरूको साझा काव्य ग्रन्थ सम्भवतय यहिनै पहिलाे रहेकाे बताएका थिए । नेपाली कविता इतिहासमा नयाँ अध्याय लेखेको र विद्यार्थीहरूलाई शोध गर्न संग्रह लायक  भएकाे सल्लाहकार प्रकाश राईले बताएका थिए ।

कार्यक्रममा संग्रहमा अटाएका ६ कवि र अन्य ६ अतिथि कविले समेत कविता सुनाएका थिए ।