प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफ्नो भाषा, संस्कृति र वेशभूषाको जगेर्ना गर्नुपर्ने बताए ।

सष्ट्रा नेपालद्वारा आज साँझ विराटनगरमा आयोजित ‘मिस विराटनगर’ प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले युवाहरुमा लुकेर रहेका कला, कौशलहरु यस्ता प्रतियोगिताले प्रस्फुटन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले मुलुकमा रहेको प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटन क्षेत्रको प्रवद्र्धनमा युवापुस्ताले आफ्नो क्षेत्रबाट दत्तचित्त भई क्रियाशील हुनुपर्नेमा जोड दिए । सष्ट्रा नेपालका अध्यक्ष विन्दीया कार्कीले यस प्रकारको प्रतियोगिताले युवतीहरुलाई समाजको विकासमा प्रेरणा पुग्ने धारणा राखे ।

प्रतियोगितामा १३ जना युवतीको  सहभागिता छ ।