धनकुटा । धनकुटा नगरपालिका वडा मुलघाट स्थित ९ विश्रान्ति मन्दिर नजिकै तमोर नदीमा हाम फालेर मंगलवार एक महिला बेपत्ता भएकी छिन् । घटना मंगलवार बिहान १०.३० बजे भएको प्रहरीले जनाएको छ ।
धनकुटा नगरपालिका ९ का सन्त बहादुर बस्नेतकी श्रीमती वर्ष ४५ की पूर्ण कुमारी बस्नेत तमोर नदीमा हाम फालेको बेपत्ता भएको प्रहरीले जनाएको छ । पूर्णकुमारी दिदिसंग मुलघाटमा आँप खानको लागि मंगलवार बिहान आफ्नै दिदिसंग घरबाट निस्किएका थिए । बहिनी हाम फाल्छे भन्ने आफूलाई नलागेको दिदी चन्द्र कुमारीले बताइन ।
बहिनी पूर्ण कुमारीले उनी हाम फाल्नु अघि आफ्नो साथमा रहेको १ हजार रुपैयाँ दिदी चन्द्र कुमारीलाई दिएकी थिइन ।
उनी हाम फाल्दै गर्दा निजको दिदी चन्द्र कुमारीले देखेर प्रहरी चौकी मुलघाटलाई जानकारी गराएकी थिइन । उनलाई बहिनिले हाम्फाल्छे होला जस्तो नलागेको बताइन । दिदीबहिनी आप खाने भनेर सल्लाह गरेरै घरबाट निस्किएको थिए ।
खबर पाउन साथ प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटी खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीले नदिमा हाम फालेर बेपत्ता भएकी पूर्ण माया सुस्त मनस्थितिको रहेको जनाएको छ ।