धरान । युएईमा विभिन्न कारणले नेपालीहरुको मृत्यु भई लामो समयदेखि अलपत्र परेका नेपालीहरुको शव नेपाल पठाउने पहल शुरु भएको छ ।
बषौं देखि यहाँ अलपत्र परेका शवहरु नेपालका मेडिकल व्यवसायी दुर्गा प्रसाई र पााच बर्षदेखि दुवइमा व्यवसायी गदैं आएका युवा रिजवान आलमको पहलमा आफन्तहरुसम्म पठाउन थालिएको हो । दुतावास र उनीहरुको आफन्तसँगको समन्वय अभावमा विपन्न परिवारका व्यक्तिको शव बषौंदेखि नेपाल ल्याउन समस्या हुदैं आएको थियो ।
प्रसाईले त्यहाँ कार्यरत नेपलाीहरुको सहयोगमा पैसा अभावले शवनेपाल लान नसकेकाहरुको शव नेपाल पठाउन पहल थालेका थिए । प्रसाईले युएईमा पनि मेडिकल कलेज खोल्ने तयारीका साथ युएईका सेखहरुसँग छलफल बढाएको बताइएको छ । व्यवसायीक काममा पुगेका प्रसाईले अलपत्र शव व्यवस्थापन गर्न दुतावाससँग पहल थालेको बताउनु भयो । पहिलो चरणमा १८ वटा शव नेपाल पठाउनलाई प्रक्रिया थालिएको छ ।
यस कामका लागि सुनसरीको दुहबी नगपालिका का रिजवान आलमले समन्वय गरिरहनु भएको छ । ५ वर्ष देखि युएईमा बसेर ग्रुप इनभेस्टमेन्ट कम्पनी संचलान गदैं आउनु भएका आलम नेकपा एमाले प्रदेश कमिटी सदस्य रमजान अलिका छोरा हुन ।
युएईका राज परिवारका सदस्यहरु बिसेष गरी दुबई र अबुधबीसँगको सहकार्यमा विभिन्न क्षेत्रमा लगानी कोष उपलब्ध गराउने साथै परियोजना व्यवस्थापनको कार्यमा काम गर्दछन् । सामाजिक कार्यमा समेत सक्रिय आलमको सरकारी तहमा राम्रो सम्पर्क रहेकोले यहाँ रहेका नेपालीहरुलाई हरेक क्षेत्रमा सहयोग गर्दै आएको दुवइमा कार्यरत रमेश विक्रम कार्कीले जानकारी दिए।
उनका अनुसार एनआरएनका संयोजक भीम मल्ल ठकुरी, कमल जिसी, रिजवन आलम, विष्णु गिरी, लगायत युवाले शव निशुल्क शव पठाउन पहलगरिरहेका छन् । दुवईको विभिन्न स्थानमा ६ हजार भन्दा बढि कामदारहरु अलपत्र छन् । त्यहाँ काम गर्दा कसैको मृत्यु भएमा शव नेपाल ल्याउन कामदारका आफन्तले ३ देखि ४ लाखसम्म खर्च गर्नुपर्छ । फेरी त्यो प्रक्रिया पुरा गर्न पनि झन्झट छ ।
सामान्य परिवारका व्यक्तिले ३/४ लाख खर्च गर्नसमेत नसक्दा कतिपयको शव दुवई मै अलपत्र पर्ने गरेको छ ।