बिर्तामोड । झापा बिर्तामोडका विभिन्न होटलहरूमा प्रहरीले शनिबार बिहानै छापामारी ९ जनालाई पक्राउ गरेको छ ।
होटलहरूमा यौनधन्दा हुने गरेको गुनासो आएपछि प्रहरीले छापामारी संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
अदुवा खोलाछेउमा रहेको एभरेष्ट होटलबाट सात जना र सूर्योदय टोलको एउटा घरबाट दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
प्रहरीले बिर्तामोड क्षेत्रका अन्य होटलहरूमा पनि छापा मारिरहेको अनारमनीका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । उनले बिर्तामोडमा सञ्चालित होटलहरूमा हुने यौनधन्दा न्यूनीकरणका लागि प्रहरीले अभियान सुरु गरेको समेत बताए ।