धरान । अग्नि ग्रुप अन्तर्गतको अग्नि ईनर्जीले झापाको बिर्तामोड र दमकमा महिन्द्रा ई–भेहिकलका नयाँ डिलरसिपको दुई शोरुम उद्घाटन सम्पन्न गरेको छ ।

दमक क्याम्पस मोड उत्तरस्थित अल्फा ई–अटो सप्लायर्स दमक डिलरको शोरुम उद्योग वाणिज्य सङ्घ दमकका प्रतिनिधि गोकुल श्रेष्ठ, दमक–५ का वरिष्ठ समाजसेवी बबरजङ थापा, दमक–५ का सामाजिक व्यक्तित्व गणबहादुर अधिकारी, दमक–५ का वडाध्यक्ष इन्द्र गुरुङ, दमक–७ का वडाध्यक्ष भीम पौडेल, वाणिज्य उपाध्यक्ष राजु खड्का र दमकका मेयर राम थापाले अन्य अतिथिहरूको उपस्थितिमा सामूहिक रूपमा उद्घाटन गरेका छन् ।

त्यस्तै बिर्तामोड–४ मा अल्फा ई–अटो सप्लायर्सको शोरुम  कार्यक्रमकी प्रमुखअतिथि बिर्तामोड  नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई तथा उद्योग वाणिज्य सङ्घ बिर्तामोडका प्रतिनिधि प्रकाश शिवाकोटी, बिर्तामोड नगरपालिका वडानम्बर ४ का अध्यक्ष राहूल शर्मा, अटो व्यवसायी सङ्घ बिर्तामोडका प्रतिनिधि र ई–रिक्सा व्यवसायी सङ्घका प्रतिनिधिद्वारा  उद्घाटन गरिएको थियो ।

शोरुम उद्घाटन कार्यक्रमकै अवसरमा एक थान महिन्द्रा ट्रियो ग्राहकलाई हस्तान्तरण पनि गरिएको थियो । बिर्तामोड र दमकमा अवस्थित महिन्द्रा ई–भेहिकलका यी दुई शोरुम आसपासका क्षेत्रका महिन्द्राका ई–भेहिकल ग्राहकहरूलाई सहज र भरपर्दो सेवा सुविधा प्रदान गर्ने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

न्यूनतम् मेन्टेनेन्समै अधिक कार्यकुशलता भएको महिन्द्रा ट्रियोले ग्राहकहरूलाई उत्कृष्ट राइड र अत्यधिक बचतको मौका पनि प्रदान गर्ने कम्पनीको दाबी छ ।