धरान । अविरल वर्षाका कारण प्रभावित बनेका मोरङका बाढीपीडितलाई उद्योगी व्यवसायीले राहत सामग्री सहयोग गरेका छन् ।

बिहीबार मोरङ जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा मोरङका उद्योगी व्यवसायीको सङ्गठनले बाढीबाट प्रभावितहरूलाई राहत सामग्री सहयोग गरेका हुन् ।

मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङका तर्फबाट चाउचाउ, बिस्कुट, भुजा, चिउरा, पानी उपलब्ध गराइएको छ । सङ्घका अध्यक्ष नवीन रिजालका अनुसार प्रभावित क्षेत्रमा चाउचाउ ३५ कार्टुन, बिस्कुट ११ कार्टुन, भुजा १ सय बोरा, चिउरा २० बोरा र पानी ३५ कार्टुन उपलब्ध गराइएको छ ।

अध्यक्ष रिजालसहित उद्योग सङ्गठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीलगायतको उपस्थितिमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनालाई राहत सामग्री वितरण गरिएको हो ।