झापाको कमल गाउँपालिका ४ चुलाचुली मोड स्थितमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । 

बुधवार राती सवा ११ बजे  पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको  ना ७ ख ८७३५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१- ०१२ प १४५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका ९ का ३८ बर्षीय दिपक नेपालको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

 घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।