भोजपुर । सघिय सांसद सुदन किरातीले जेष्ठ नागरिकलाई सम्मान गर्दै भोजपुरका किसान सग माफी मागेका छन ।

धान दिवसको अवसरमा सांसद किरातीले भोजपुरको अरुण गाउँपालिका २ चम्पे स्थित सिस्नेरीका १२ जना जेष्ठ नागरिकलाई सम्मान गर्दै किसानसग बुधवार माफी मागेका हुन ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका सांसद किरातीले मानो रोपेर मुरी फलाउने समयमा मल दिन नसकेकाले किसान सग माफी माग्न काठमाडौबाट गृह जिल्ला आएको जानकारी बताए ।

उनले भने “सरकारले अरबौ रकम छुटयाए पनि समयमै किसानलाई मल दिन नसक्नु दुखको कुरा हो , किसानको माग प्रति सरकार गम्भीर हुनु पर्छ , त्यसका लागि ससदमा किसानको प्रतिनिधित्व गर्दै आवाज उठाउने छु ।”

आफूले आफ्नो तर्फबाट मल ल्याउन नसके पछि नैतिकताका आधारमा जिल्लाका किसानसँग माफी मागेको सांसद किरातीले भनाई छ । कार्यक्रममा उनले ६ जना जेष्ठ महिलालाई साडी , चोली, पछ्यौरी र छाता दिएर सम्माान गरेका छन ।

यस्तै ६ जना जेष्ठ पुरुषलाई पनि दौरा सुरुवाल र टोपी उपहार दिएर सम्मान गरिएको नेकपा माओबादी केन्द्र भोजपुरका जिल्ला सचिव बलभद्र राईले बताए । सांसद किरातीबाट सम्मानित भए पछि जेष्ठ नागरिक खुसी भएका छन ।