देउराली ।  १९ औ राष्ट्रिय धान दिवसको अवसरमा  धरान उपमहानगरपालिका ५ स्थित खैरेनीमा खैरेनी कृषि समूहले पनि धान दिवस मनाएको छ ।  कृषि आधुनिकता अन्त गर्छ परनिर्भरता भन्ने नाराका साथ  रोपाई  कार्यक्रम गर्दै  समूहले धान दिवस मनाएको हो ।

खैरेनी देवीथान मार्ग स्थित भद्र बहादुर मगरको खेतमा सम्पन्न रोपाई कार्यक्रमको भूमि पूजा गर्दै  प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम वेघाले उद्घाटन गरेका थिए । 

290289706_768552947612087_6737625668855854659_n

कार्यक्रमको उद्घाटन उपप्रमुख बेघाले नेपाल कृषि प्रधान देश भनिए पनि कृषिप्रधान हो कि हैन भन्ने प्रश्न उब्जिएको बताएका थिए । उनले पछिल्लो समय कृषिमा संघ प्रदेश  र स्थानीय तहले  बजेट विनियोजन गरेर कृषिको विकास र प्रवर्धनका विभिन्न प्याकेज कार्यक्रमहरू ल्याइरहेकोले अब भने कृषिमा भविष्य देख्न सकिने बताएका थिए ।

पछिल्लो समय कृषिको बारेमा बालबालिकाहरू अनविज्ञ हुने गरेको भन्दै कृषि सम्बन्धी ज्ञान आवश्यक रहेको भन्दै धरानका दुई विद्यालयका विद्यार्थीलाई समेत सहभागी गराइएको समूहका अध्यक्ष टिका बहादुर राईले बताए । 

290129636_808194423501166_6189721871744092865_n

पछिल्लो समय कृषि प्रति युवाहरूको नैराश्य बढ्दै जानु र कृषि प्रति युवाको रुचि हराउँदै जाने देखिएकोले धान दिवसको अवसरलाई उत्सवको रूपमा मनाउन पनि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईले बताए । 

उनले भने 'हाम्रा बालबालिका नै कृषि बारे अनविज्ञ छन्  हामीले त्यसैले पनि  बालबालिकाहरूलाई सहभागी गराएर प्रत्यक्ष अनुभव गरायौँ ।  '  उनका अनुसार कार्यक्रममा केके इन्टर नेशनल र ज्ञान कुञ्जका कक्षा ८,९ र १० का करिब १५० विद्यार्थीका साथै  विभिन्न स्थानीय सङ्घसंस्था तथा वडाका निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रमकालागि मात्रिभुमी एग्रिकल्चर प्रालीको वित्तिय साझेदारी रहेको थियो । 

290133481_5147805385304534_4225261029424854611_n