मोरङको रंगेली नगरपालिका-७ स्थितमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
बुधबार दिउसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को. १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोहि स्कुलका बिद्यार्थी रंगेली ७ का महादेव मण्डलको ४ वर्षीय छोरा रितिक मण्डल र रंगेली ६ का नरेश मण्डलकी ५ वर्षीया छोरी सुनम कुमारी मण्डललाई ठक्कर दिदा घाईते भएका थिए ।
बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएकाे छ । कार्यालयका अनुसार सुनमको विराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भईरहेको छ ।