धरान । केन्ट कम्पनीले आर.ओ. वाटर प्युरिफायर बजारमा ल्याएको छ । उक्त कम्पनीको आर.ओ. वाटर प्युरिफायरमा बहु शुद्धीकरण प्रक्रिया रहेकोले जस्तोसुकै किटाणु पनि नष्ट गर्न सक्ने जनाएको छ ।

तीव्र सहरीकरणका कारण पानीको गुणस्तर खस्कँदो रहेकाले बर्खाका बेलामा हैजा फैलिन सक्ने भएकाले यस्ता प्युरिफायरले भूमिका खेल्ने कम्पनीले जनाएको छ । काठमाडौँका विभिन्न क्षेत्रमा अहिले हैजा फैलिरहेको सन्दर्भमा यस्ता प्यूरिफायर काम लाग्ने कम्पनीले दाबी गरेको छ ।

त्यस्ता किटाणुलाई नष्ट गर्ने क्षमता रहेको दाबी गरेको छ । तर, यस्ता दाबीलाई चिकित्सक तथा जीवाणु विशेषज्ञले पुष्टि गरिसकेको अवस्था भने छैन । विभिन्न रोगबाट बच्न सकिने भएकाले ढुक्क भएर खरिद गर्नका लागि आग्रह गरेको छ ।