सहज च्यालेन्ज फण्ड दोश्रो चरण ’ का लागि आवेदन खुल्ला  गरिएको छ । 

सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियो नेपालको सहकार्यकाे उक्त कार्यक्रमामा  दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले आवेदन दिन सक्ने जानकारी दिएकाे छ ।

विराटनगरमा एक कार्यक्रमकाे आयोजना गरेर संस्थाले आवेदकहरुले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधिकरण संग सम्बन्धित चुनौतिलाई सम्बोधन  गर्ने समाधान प्रस्तुत गर्नुपर्ने जनाएकाे छ । आवेदन मिति श्रावन ६ गते सम्म दिन सकिनेछ ।

हज च्यालेन्ज फण्ड को दोस्रो चरणको कुल बजेट २ करोड नेपाली रुपैयाँको हुनेछ ।  यस फण्ड अन्तर्गत निजि व्यवसाय तथा उद्यमीहरुले न्यूनतम ५ लाख देखि ५० लाख नेपाली रुपैया सम्म प्राप्त गर्नेछन् ।  यसरी छनौट गरिएका आवेदकले नगद राशिसँगै व्यवसाय अगाडी बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।

कार्यक्रममा कृषि मन्त्रालय प्रदेश १ का सचिव मेगनाथ तिमल्सिना, पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलयका प्रमुख डा. पशुपती ढुंगाना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राज कुमार रिजाल,मोरङ व्यापारिक संघका नवनिर्वाचित अध्यक्ष नविन रिजाल, कृषि बजार विकास कार्यक्रमका टिम लिडर  रिक भेन डर क्याम्प, व्यवसाय सक्षम वातावरण र संघीय राज्य भवनका प्रबन्धक विष्णुप्रसाद काफ्ले, कृषि सेवा कृषि सेवा व्यवस्थापककी  प्रबन्धक शुभेच्छा श्रेष्ठ, कृषि सेवा दीर्घकालिन परामर्शदाताका उत्कर्ष प्रसाद,आईडीया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामासहित ५० भन्दा बढी सहभागीहरुको  उपस्थिति रहेको थियो  ।