भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाका यातायात व्यावसायीलाई भाडा घटाउन निर्देशन दिईएको छ । १२ किलोमिटरको ५ सय सम्म लिने दिङलाका यातायात ब्यावसायीलाई भाडा घटाउन निर्देशन दिईएको हो । गाडी भाडा महंगो भएको गुनासो आएपछि राखिएको सर्वपक्षिय छलफलमा मेयर सुरेन्द्र उदासले तत्काल भाडा घटाउन निर्देशन दिएका हुुन् ।
मेयर उदासले समय र परिस्थिती सुहाँउदो वैज्ञानिक भाडादरमा यातायात सञ्चालन गर्न यातायात व्यावसायीलाई निर्देशन दिएका छन । उन्ले केहि दिन भित्रै सबैलाई चित्त बुझ्दो बैज्ञानिक भाडादरमा यातायात सञ्चालन नगरे सम्वन्धित निकायमा कारवाहीका लागि सिफारिस गरिने तर्फ समेत यातायात व्यावसायीको ध्यानाकर्षण गराएको छलफलमा सहभागी स्थानिय युवा नगेन्द्र राईले बताए ।
यातायात व्यावसायी राम शाहीले माथिल्लो निकाय सम्म समन्वय गरेर चाँडै भाडा घटाएर यातायात सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । पेट्रोलियम पदार्थको मुल्यमा भएको वृद्धि, दिङलामा पेट्रोल पम्प नहुनु र गाडी मर्मतमा समेत महंगी भएकाले भाडा बढाउन वाध्य भएको यातायात व्यावसायीको भनाइ छ ।
छलफलमा सेवाग्राही तथा यात्रुले नगरपालिका केन्द्र दिङ्ला बजारबाट सतिघाटसम्म १२ किलोमिटरको ५ सय सम्म भाडा असुल्ने गरेको , बिच बाटोवाट चढ्ने र उत्रिने यात्रुलाई समेत पुरै भाडा लिएर सर्वसाधारण माथि अन्याय गरेको गुनासो गरेको उपमेयर प्रमिला राई बताईन् ।
यस अघि चर्को भाडा तिर्दा सर्वसाधारण मारमा पारेको भन्दै स्थानिय युवाहरुले मेयर उदासलाई ध्यानाकर्षण–पत्र बुझाएको उपमेयर राईले जानकारी दिईन । सर्वपक्षिय छलफलमा मेयर , उपमेर सहित प्रमुख प्रशासकीय अधिकृत गणेश वस्नेत, वडा नम्वर ४ का वडाध्यक्ष राज कुमार तामाङ, यातायात व्यावसायी,सेवाग्राही , यात्रु पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
भाडा अचाक्ली बढेको समाचार ब्लाष्ट टाईम्स दैनिक लगाएत स्थानिय अनलाईनमा प्रकाशन भए पछि छलफल गरिएको स्थानियले बताएका छन ।