विजयपुर । भूमि र बासस्थानको माग गर्दै ३ दिने पदयात्रा सुरु गरेको छ ।

आइतबार नेपाल महिला एकता समाजले धनकुटादेखि मोरङसम्म पदयात्रा गरी धरान आइपुगेको छ । समाजकी धनकुटा अध्यक्ष मङ्श्री माया राईको नेतृत्वमा धरान आइपुगेको समूहलाई धरानमा स्वागत गर्दै भानुचोकमा कोणसभा पनि गरेको छ । झापा, सुनसरी, मोरङ र धनकुटाको समूह इटहरीमा भेट हुने समाजकी सुनसरी अध्यक्ष मैया श्रेष्ठले बताइन् ।

भूमि र बास अधिकारका लागि पदयात्राको नारासहित असार १२ गतेदेखि सुरु भएको पदयात्रा १४ गते विराटनगरमा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि ओमप्रकाश सरावगीलाई ज्ञापन–पत्र बुझाउने नेपाल एकता समाज सुनसरीकी सल्लाहकार सीता मगरले बताइन् ।

उनका अनुसार धनकुटा, सुनसरी, झापा र मोरङका ४२ जना महिलाहरू पदयात्रामा सहभागि रहेको बताइन् । उनले ५ जना केन्द्रीय समितिबाट पनि आउने बताइन् ।