भोजपुर । भोजपुुरको पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरिय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्ड अनुसार निधारित समयमै काम सम्पन्न गर्ने निर्माण ब्यावसायीलाई गाउपालिकाले सम्मान गरेको हो ।
गाउँपालिकाले तिवारीभञ्याङ –च्याङ्ग्रे–मानेडाँडा अधेँरीघाट सडक स्तरउन्नोतिको काम तोकिएको समयमा सम्पन्न गर्ने राउत कन्ट्रक्सनका सञ्चालक कुल बहादुर राउनतलाई सम्मान गरेको छ । पौवादुङमा गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको ३५ किलोमिटर सडक मध्ये १३ किलोमिटर स्तरउन्नोतिको काम तोकिएको समयमा सम्पन्न गरेकाले कामको सम्मान गर्दै निर्माण व्यवसायी राउतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
अध्यक्ष राईले भने ‘हामीले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेका छौँ , यसले राम्रो काम गर्ने व्यवसायीलाई थप काम गर्ने हौसला मिल्ने छ ।’ अहिले स्तरउन्नोतिको काम भइरहेको भएपनि यो सडकलाई आफ्नो कार्यकालभित्र कालो पर्ने उदेश्य रहेको अध्यक्ष राईको भनाई छ ।
अध्यक्ष राईका अनुसार यो सडक जिल्ल्लाबासीका लागि महत्वपूर्ण सडक हो । यो सडकलाई अन्य निकायसंग पहल गरेर भएपनि पाँच वर्ष भित्र कालो पत्रे गर्ने मेरो लक्ष्य रहेको उनले दावी गरे । सडकलाई गुणस्तरिय ढगबाट समयमै निर्माण सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इन्जिनियरहरुले पनि नियमित अनुगमन तथा आवश्यक सहयोग गरेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भटट्राइले बताए ।
गाउँपालिकाले गरेको सम्मानले आफुलाई काम गर्ने थप हौसला मिलेको निर्माण ब्यावसायी राउतले बताए । राउतले भने “मेरो कामको सम्मान गरिदिनु भएकोमा गाउँपालिका अध्यक्ष तथा सिंगो पौवादुङमा गाउँपालिका प्रति हार्दिक आभार व्यक्त गर्दछु ।”
सडकको स्तउन्नोति भए पछि गाउपालिकाको सानोदुम्मा, ठूलोदुम्मा र बास्तिमका जनता लाभाम्बित भएका छन् । यो सडक जिल्लाको पूर्वि क्षेत्रबाट तराईका जिल्ला जोड्नको लागि सवैभन्दा छोटो मार्ग हो ।