धरान । नेपाल मगर सङ्घ धरान नगर समितिले स्थानीय तहमा निर्वाचित बनेका दुईजना मगर समुदायका जनप्रतिनिधिलाई सम्मानित गरेको छ ।

सङ्घले धरान–१६ स्थित आफ्नै भवनमा कार्यक्रम गर्दै धरान–१२ बाट निर्वाचित बनेकी चुन्नु थापा मगर र धरान ४ बाट निर्वाचित गोरसमान आले मगरलाई सम्मानित गरिएको हो ।

सङ्घका अध्यक्ष चित्रराज थापा मगरका अनुसार दुईजनालाई सम्मान पत्रसहितले सम्मानित गरिएको हो । उनीहरू दुवै सङ्घका पूर्व अध्यक्षहरू हुन् । चुन्नु महिला सदस्यबाट निर्वाचित बनेकी थिइन् भने गोरसमान खुल्ला सदस्यबाट निर्वाचित बनेका हुन् । उनीहरू दुवै एमालेबाट प्रतिनिधित्व गरी निर्वाचित भएका थिए ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा निर्वाचित मगर समुदायका जनप्रतिनिधिलाई सम्मानित गर्ने कार्यक्रम राखिएको कार्यक्रम सञ्चालक सदस्य विनोद आले मगरले जानकारी दिए ।