भोजपुर  । भोजपुर नगरपालिकाले कृृषकलाई उन्नत जातका बोयर बोका बितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुकिकरण परियोजना अन्र्तगत किसानलाई विहिबार बोयर जातका बोका बितरण गरिएको हो । उन्नत जातका ८ वटा बोका भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले र उपमेयर निर्मला शेर्पाले बितरण गरेका हुन् ।

नगरपालिका भित्रका ८ वटा कृषक समुहलाई बोयर जातका बोका दिईएको भोजपुर नगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष कटवालले बताए । प्रमुख कटवालका अनुसार ३५ देखि ७० केजी सम्मका बोका कृषक समुहलाई बाडिएको हो ।

उन्नत जातका बोका पाए पछि कृषक खुसी भएका छन । बोका वितरण गर्दै मेयर आलेले कृषि तथा पशुपालनमा नगरपालिकालाई आत्मा निर्भर बनाउनुुपर्नेमा जोड दिए । कार्यक्रममा उनले कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने समेत प्रतिबद्धता जनाएका छन ।