सुनसरीको दुहबी नगरपालिका ३ स्थित इनरुवा–दुहबी सडक खण्डमा टिपरको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान ९ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश २-०३-००१ ख २१०१ नम्बरको ट्रिपरले साइकल यात्री भारत बिहार सिपोल घर भई दुहबी २ मा डेरा गरी बस्दै आएकी  ६० बर्षीया चन्द्रकला देबी बिश्वकर्मालाई ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटना पस्च्यात इलाका प्रहरी कार्यालय दुहबीबाट खटीएकाे  प्रहरी टोली ट्रिपर चालक मोरङ बेलबारी ८ का ३२ बर्षीय उमेश सार्कीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेकाे उक्त कार्यालयले जनाएकाे छ ।