मोरङको बिराटनगर महानगरपालिका(१२ बखरीमा करेन्ट लागेर स्थानिय ३३ बर्षीय सुनिता चौधरी माझी को मृत्यु भएको छ ।
बुधबार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएकी माझीलाई तत्काल उपचारको लागी कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएकाे छ ।