धनकुटा । धनकुटामा हालै सम्पन्न भएको अन्तरपालिका स्तरीय सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको आयोजक संस्थाले खर्च सार्वजनिक गरेको छ ।

 सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले जेष्ठ २८ गते देखी असार १ गतेसम्म सञ्चालन गरेको अन्तरपालिका स्तरीय महिला फुटबल प्रतियोगिताको बुधवार आयोजकले खर्च सार्वजनिक गरेको हो । 

 प्रतियोगितामा ५ लाख, ११ हजार, १ सय ३७ आम्दानी भएको र ४ लाख, ४४ हजार, ५ सय, ७५ हजार खर्च भएको प्रतिष्ठानका कोषाध्यक्ष रेजिना पालिखेले पत्रकार सम्मेलनमा वताईन । प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष ईश्वर अकेलाले खर्च भए जति आम्दानीले धान्ने गरी हिसाब आए पनि पैसा उठ्न बाँकी रहेको बताए । उनले कतिपय स्थानीय तहहरूले पैसा हालसम्म नदिएको तर, तर पाउने आशामा आफूहरू ढुक्क रहेको बताए । उनले प्रतियोगिता सम्पन्न गर्न २ लाख, १९ हजार सापटी ऋण लागेको बताए । 

सहिद रामकृष्ण श्रेष्ठ प्रषिष्ठानका सल्लाहकार सत्यनारायण श्रेष्ठले सरकारले ०७६ माघ ३ गते सहिद घोषणा गरे पनि हालसम्म सहिदका परिवारले एक रुपैयाँ सहयोग नपाएको गुनासो गरे । पत्रकार सम्मेलन प्रतिष्ठानका सचिव कृष्ण भागवत श्रेष्ठले सञ्चालन गरेका थिए ।