उर्लाबारी । उर्लाबारी नगरपालिकालको बुधबार आठौैँ बार्षीक नगर सभाले नगरको निती तथा कार्यक्रम पास गरेको छ ।
नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको सभामा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम उपप्रमुख मिना खतिवडा पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सडक तथा भौतिक पुर्वाधारको निर्माण दिगो र गुणस्तरीय हुने गरी निर्माण गरिने उल्लेख गरीएकोे छ ।
उपप्रमुख खतिवडाले प्रस्तुत गरेको उक्त कार्यक्रममा ठुला प्रकृतिका नगरका गौरवका योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्राथमिकता दिने उल्लेख गरिएको छ । नगरपालिका भित्र तालिम प्राप्त जनशक्तिबाट मात्र भौतिक संरचना निर्माण गर्ने नीति नगरपालिकाले लिने भएको छ ।
नगरपालिकाले कृषि विकास, सिंचाई, पशुंपक्षी सेवा, पर्यटन विकास, सहकारी क्षेत्रको सुदृढिकरण, रोजगार प्रबद्र्धन, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाई, शिक्षा, महिला बालबालिका अपांगता तथा जेष्ठ नागरिक लगायतका कार्यक्रम सार्वजनिक गरेको हो । बुधबार निती तथा कार्यक्रम पारीत भए पश्चात उक्त कार्यक्रमलाई समावेश गरी शुक्रबार नगरको बजेट सार्वजनिक हुने नगरपालिकाले जनाएको छ ।