संखुवासभा । बहुचर्चित अपर अरुण जलविद्युत आयोजना संखुवासभाकै लगानीमा निर्माण गर्ने स्थानीयको चाहान तुहिने संकेत देखिएको छ । बुधबार नेपाल सरकारका उच्च अधिकारी सहित विश्व बैंकका टोली पाँचवटा हेलीकप्टर चार्टर गरेर भोटखोलामा आएका हुन् । 

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र पूर्व राजदुत अर्जुन कार्कीसहित १७ जना विश्व बैंकका टोली अपर अरुण निर्माण हुने स्थलमा आएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।   

अपर अरुण स्वेदशी पूँजीबाट निर्माण गर्ने अभियान जारी रहँदा बिश्व बैंकको टिम लिएर अमेरिकाका पूर्व राजदूत समेत रहेका अर्जुन कार्की निर्माण स्थल आएका हुन् । संखुवासभाबासीले आफ्नै लगानीमा अपर अरुण आयोजना निर्माण गर्नु पर्छ भनेर आवाज उठाई रहेका बेला कार्की भने विश्व बैंकलाई खुशी बनाउन पटक–पटक हेलिकप्टर लिएर आयोजनास्थल पुग्ने गरेका छन् ।

भोटखोलाबासी आफ्नै सेयर, संखुवासभावासीको प्रत्येक घरपरिवारको सेयर, प्रदेश–१ का जनताको सेयर, स्थानीय निकायको सेयर स्वदेशी पूँजीबाट आयोजना बनाउने अभियान जारी रहँदा कार्की भने बिश्व बैंकलाई यो आयोजना दिन हतारीएका देखिन्छ ।

ग्रामिण पुर्ननिर्माण संस्था आरआरएनका अध्यक्षसमेत रहेका कार्कीले यो भन्दा अगाडी पनि बिश्व बैकको टिम लिएर अयोजना स्थल पुगेका थिए । दुई दशक अघि अरुण तेस्रो जलविद्युत आयोजना कार्कीकै नेतृत्वमा गरेको विरोधपछि तुहिएको थियो । हाल उक्त आयोजना भारतीय कम्पनी सतलुजले निर्माण गरिरहेको छ । 

संखुवासभाको गहनाको रुपमा रहेका जलबिद्युत आयोजना जनतालाई बेखबर बनाईदै एक पछि अर्को बिदेशीलाई सुम्पिदै आएको छ । अपर अरुण आयोजना जनताले बनाउनु पर्छ भनि रहँदा कार्की भने बिश्व बैंकको टिमलाई लिएर आयोजना स्थाल पुग्नुले आशंका बढाएको छ ।

एकातिर हेलिकप्टबाट ओहोर दोहोर गरेर फजुल खर्चमै करोडौ रुपैया बालुवामा पानी हाले सरह भएको छ । जसले गर्दा यो आयोजना झन झन महँगो पारीदै गएको छ । झण्डै डेड खर्ब रुपैया लागतमा सम्पन्न हुने आयोजना पछिल्लो समय दुई खर्ब पुग्न लागेको छ ।