विजयपुर । सुनसरी जिल्ला जुडो सङ्घले ओलम्पिक डे मनाएको छ । मङ्गलबार स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित धरान–१२ कवर्ड हलमा सुनसरी जिल्ला जुडो सङ्घले ओलम्पिक डे मनाएको हो ।

प्रशिक्षक रोशनी राईको नेतृत्वमा जुडो प्रदर्शनी गरिएको छ । धरान–११ को  एप्पल मन्टेश्वरीको विशेष सहयोगमा १४ वर्षमुनीका खेलाडीहरूले जुडो प्रदर्शन गरी मनाएको सुनसरी जिल्ला अध्यक्ष हिमालजङ राईले बताए ।