उदयपुरको त्रियुगा नगरपालिका १३ स्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका सवा ६ बजे बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको  बा ९ च ३८४६ नम्बरको  बलेरो गाडी अनियन्त्रित भई भित्तामा ठोक्किई दुर्घटना हुँदा बलेरोमा सवार रहेका त्रियुगा नगरपालिका ३ पोर्ता का  ५२ बर्षीय  कुमार बस्नेत घाईते भएका थिए ।

घाईते बस्नेतको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । बलेरो र चालक स्थानीय ३७ बर्षीय  ईन्द्र चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको र  घटना सम्वन्धमा थप अनुसन्धान  भईरहेको  उक्त कार्यालयले जनाएकाे छ ।