विराटनगर । ५६८ औं कबिर जयन्ती विविद्य कार्यक्रम आयोजना गरि मनाएको छ । 

विराटनगर ९ बाटारोडमा श्री गुरु कबिर साहेब स्थानले आइतबार एक कार्यक्रम आयोजना गरि कबिर जन्यती मनाएको हो । 

कबिर जयन्तीमा माला अर्पण, शान्ती भोजन र प्रवचन भएको थियो । महात्महरु विसुणदेव दास, चम्बु महात्मा, बलारम दास थापा मगर, सतिचन महात्मालगायले प्रवचन दिएका थिए । विराटनगरमा आधा दर्जन बढी कविर मठमन्दिर रहेको सो मन्दिहरूमा पूजा पाठ हुने गरेको श्री गुरु कबिर साहेब विराटनगरका अध्यक्ष बाबुप्रसाद यादवले बताए ।