धरान उपमहानगरपालिकाको ५ नम्बर वडामा नवनिर्वाचित वडाध्यक्षद्वारा पदभार ग्रहण गरेका छन् । 

सोमबार उपमहानगरको नवनिर्वाचित नगर प्रमुख हर्कराज राई (साम्पाङ) बाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  नेकपा एमालेबाट विजयी भएका  नव निर्वाचित वडाध्यक्ष मनप्रसाद लिम्बु ९थलङ० तथा वडा सदस्यहरूले वडा कार्यालयको कार्यकक्षमा प्रवेश गरी कार्यालयको पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गरेसँगै ५ नम्बर वडाको प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै त्यसको अवैध उत्खननको रोकथाम गर्ने  र वडा कार्यालयबाट दिइने सेवा सुविधामा सुशासनको व्यवस्था गर्दै  छिटो छरितो र सुव्यवस्थित गर्ने पहिलो निर्णय गरेका छन् ।