धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख हर्कराज राई ९साम्पाङ०ले आज पदभार ग्रहण गरेका छन् ।

 सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाका प्रमुख अधिकृत तथा जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका साम्पाङले सोमबार नै नवनिर्वाचित उपप्रमुख तथा २० वटै वडा सम्पूर्ण नवनिर्वाचित  जनप्रतिनिधिलाई शपथ ग्रहण गराएका थिए ।

 आज भने उपमहानगरपालिकाको कार्यकक्षमा प्रवेश गरेर  नगर प्रमुख साम्पाङले पदभार ग्रहण गरेका गरेका हुन् । आजै  मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको सम्पाङका सहयोगीले बताएका छन् । 

गरेसँगै स्थानीय कर प्रणालीलाई वैज्ञानिक,व्यवस्थित तुल्याउन राजश्व सम्बन्धी कार्यदल गठन गर्ने निर्णय  गरेका छन् । कार्यदलमा नगर प्रमुखसहित सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखद्वारा मनोनीत १ जना अर्थशास्त्री, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र राजश्व महाशाखा प्रमुख रहने छन् ।