धरान उपमहानगरपालिकाको १७ नम्बर वडामा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।
माओवादी केन्द्रबाट दोस्रो कार्यकालकालागी वडाध्यक्षमा उमेदवारी दिएका मनोज भट्टराईले २१ सय ७६ मत ल्याएर विजयी भएका हुन्। उनले यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भइ एक कार्यकाल पुरा गरिसकेका छन् ।
भट्टराईसंगै वडाध्यक्षमा प्रतिस्पर्धा गरेका नेकपा एमालेकी कल्पना शेर्पाले १३ सय २ मत पाएकी छन् भने नेपाली काँग्रेसका नरसिंह राईले १४ सय ३६ मत पाएका छन् ।
वडाको सदस्यहरूमा माओवादी केन्द्रका उमेदवार महिला सदस्यमा १८ सय ८५ मत प्रप्त गरेकी छन् भने, दलित महिला सदस्य १८ सय ६९, खुला सदस्यमा १७ सय ७५ र १६ सय २१ मत प्राप्त गरेर विजयी भएका छन्।






























