धरान उपमहानगरपालिकाकाे १६ नम्बर वडामा नेपाली काँग्रेसकाे प्यानल विजयी भएका छन् । 

वडाकाे वडाध्यक्षका उमेदवार नेकपा एमालेका  हिमाल कार्कीलाई ३२६ मतले हराउँदै काँग्रेसका   मुरारी भट्टराई निर्वाचित भएका छन् ।  भट्टराईले २०४४ मत प्राप्त गर्दा  कार्कीले १७१८ मत प्राप्त गरेका छन् ।

वडाकाे सदस्यहरूमा खुल्ला महिला सदस्यमा काँग्रेसकी शुशिला श्रेष्ठले १९०४ मत प्रप्त गरेकी छिन् भने, दलित महिला सदस्य काँग्रेसकी  मिरा विश्वकर्मले १९१०  खुला सदस्यमा काँग्रसेसका भिम लिम्बु १८२७ र मुकेश घिमिरेले १७६९ मत प्राप्त गरेर विजयी भएका छन्।