धरान उपमहानगरपालिकाकाे नगर प्रमुखमा स्वतन्त्र उमेदवार हर्क साम्पाङ विजयी भएका छन् । उनले २० हजार ८ सय २१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी  गठबन्धनका उम्मेदवार नेपालिका काँग्रेसका किशोर राईले   १६ हजार ५९  मत प्रप्त गरेका छन् । जुन साम्पाङकाे भन्दा ४ हजार ७६२ कम हाे । 

राई नेपाली काँग्रेस पूर्व धरान नगरसभापति हुन्  । उनी २०७४ काे प्रदेश सभाकाे निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ ख बाट प्रदेश सभा सदस्यमा उमेदवारी दिएका थिए तर  एमालेका भिम अाचार्यसँग पराजित बनेका थिए । काँग्रेसकाे १४ महाधिवेशनमा धरान नगरसभापतिमा लडेपनि श्याम पाेखरेलसँग पराजित भएका थिए । फूटबल खेलाडी समेत रहेका राई एन्फाका वरिष्ठ मानार्थ उपध्यक्ष हुन् । त्यस्तै एन्फा प्रदेश १ का वर्तमान अध्यक्ष हुन् । 

प्रमुखकै अर्की उम्मेदवार नेकपा एमालेकी मञ्जु भण्डारी (सुवेदी)ले १२ हजार ८ सय २५ मत प्राप्त गरेर तेस्राे स्थानमा रहेकी छन् । भण्डारी धरानकी निवर्तमान उपप्रमुख हुन् । २०७५ साल असार १ गते उनिसंगै प्रमुखमा  निर्वाचित भएका एमालेका तारा सुब्बाकाे निधनपछि भण्डारीले  २०७६ काे उप निर्वाचनसम्म कार्यवाहक नगर प्रमुखकाे भुमिका निर्वाह गरेकी थिइन् । हाल उनी नेकपा एमालेकी केन्द्रिय सदस्य हुन् भने सुनसरी जिल्ला सहइन्चार्ज हुन् । 

साम्पाङ विगत लामाे समयदेखी धरान उपमहानागरपालिका भित्र रहेर खानेपानी, धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे वाेथिती, खाेला उत्खनन् तथा विभिन्न स्थानिय तथा राष्ट्रिय मुद्दाहरूमा अभियानता बनेर अान्दाेलन गरिरहेका थिए । 

उपप्रमुखमा भने गठबन्धनका उमेदवार अाइन्द्र विक्रम बेघा विजयी भएका छन् । बेघाले २० हजार ५ सय १० मत प्रप्त गर्दा उनका निकटलम प्रतिद्वन्द्वी  एमालेका पदम इस्वाेले १७ हजार ६०६ मत पाएका छन् । वेघा माअाेवादी केन्द्रका प्रदेश सदूय हुन् भने इस्वाे एमालेका सुनसरी जिल्ला सदस्य हुन् ।