बराहक्षेत्र । सुनसरीकाे बराहक्षेत्र नगरपालिकाकाे नगर प्रमुख पदमा ५ दलिय गठबन्धनका उमेदवार नेपाली काँग्रेसका  रमेश कार्की विजयी भएका छ्न ।  निर्वाचित कार्कीले १९ हजार २ सय ९३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी निवर्तमान नगर प्रमुख नेकपा एमालेका निलम खनाल भने ५ हजार १ सय ५४ मतले पछि पर्दै  १४ हजार १ सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत रमेश श्रेष्ठले बताए ।

 उपप्रमुखमा भने नेकपा एमालेकी नन्द कुमारी  राईविजयी भएकी छिन ।  राईले १५ हजार ७ सय ६६ मतले विजयी हुँदै गठबन्धनकी उमेदवार नेकपा माओवादी केन्द्रका अमित गौतम  ५ हजार २ सय २२ मतान्तरले पछि पर्दै  १० हजार ५ सय ४४ मत प्राप्त गरेकी छिन् ।

 ९१ हजार ८ सय ९१ जसंख्या रहेकाे वराहक्षेत्रमा ६३ हजार ६ सय  ८  कुद मतदातामा ४५ हजार ९४ मत खसेको थियो ।