मोरङको  रतुवामाई नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाईले  १३ हजार  १३५ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका  दुर्गाबहादुर विष्टले ११ हजार २५२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी  दमयन्तादेवी चुडालले  नौ हजार ३७४ मत प्राप्त गरी विजयी भएकि छिन् भने भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुमन कालीकोटेले आठ हजार ४७९ मत प्राप्त गरेका थिए। उक्त नगरपालिकामा नेकपा एमालेले वडा नं २, ३, ४, ६ र ७, नेकांले ५, ८, ९ र १० तथा नेकपा (माओवादी केन्द्र) ले १ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको छ ।