धरान उपमहानगरपालिकाको वडा नम्बर २० को मत पेटिकामा भेटिएको अधिकृतको हस्ताक्षर बिनाको मतपत्रले दलहरू विभाजित भएका छन् । 

उक्त विषयलाई लिएर गठबन्धनका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहित नेकपा एमालेको वडा कमिटीले संयुक्त विज्ञप्ति जारी गर्दै हस्ताक्षर विनाका उक्त मतपत्र लाई सदर मान्दै पुनः गणना गर्न माग राखेका छन्  । तर गठबन्धनकै प्रमुख दल नेपाली काँग्रेसले भने उक्त मतलाई बदल मानेर मत परिणाम घोषणा गर्न २४ घण्टे अल्टिमेट दिएको छ । 

भेटिएका हस्ताक्षर विनाका मत पत्र मध्ये ११ वटामा माओवादी केन्द्रलाई भोट गएको बत्ताइएको छ । कानुन स्वतः बदर भइसकेको उक्त मतपत्रबाहेक काँग्रेसका वडाध्यक्षका उम्मेदवार ४ मतले अघि रहेका छन् । 

मतपत्र गनिसक्दा विवाद उत्पन्न हुन थालेपछि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा मत परिणाम घोषणा गरेको छैन । पुनः मतगणना नगरी उम्मेदवार निर्वाचित भएको घोषणा गरे हुने मानवीय तथा भौतिक क्षतिको जबाफदेही निर्वाचन कार्यालय हुने भन्दै शुक्रवार निर्वाचन अधिकृत पुष्करराज नेपाललाई तीन दलले चेतावनी पूर्ण विज्ञप्ति बुझाएका छन्  । 

शुक्रवार साँझ नै नेपाली काँग्रेसले भने १२ घण्टाभित्र आफ्नो उम्मेदवारकाे विजयीको घोषणाको माग गर्दै अल्टिमेटम दिएको छ । काँग्रेसले डा २ मा आफ्नो उम्मेदवार ६ भोटले पछि पर्दा पुनः गणनाको माग गर्दा एमालेले अस्वीकार गरेकाे र  काँग्रेसले रि टोटलिङ मात्र गर्ने कुरा स्वीकार गरेको बताउँदै कानुन बदर मथलाई सदर मानेर पुनः गणना गर्न नहुने काँग्रेसको अडान छ ।