धरान उपमहानगरपालिकाकाे १३ नम्बर वडामा नेकपा एमालेबाट  वडाध्यक्षका उमेदवार नेत्र काफ्ले १५७३   मत प्राप्त गरेर दाेस्राे कार्यकालका लागि निर्वाचित भएका छन् । यस अघि उनि २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएर एक कार्यकाल पुरा गरिसकेका छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उमेदवार  नेपाली काँग्रेसका पेम्बा तामाङले  ११९५ मत प्राप्त गरेका छन् । 

वडा सदस्यहरूमा महिला सदस्यमा सुन्दरी श्रेष्ठले १३४२ ,दलित महिला सदस्य उर्मिला परियारले  १३५९ , खुल्ला सदस्यस् सन्तोष राई र तारा तामाङ गोले १२३२ र १४३६ मत प्रप्त गरेर विजयी भएका छन् ।