वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नव निर्वाचित रामधुनी नगरपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका छन । रामधुनीका निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडासदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।

शुक्रबार जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश कैलाश सुवेदीले नवनिर्वाचित प्रमुख पदका संकरलाल चौधरी लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । नगरप्रमुख चौधरीले सपथ लिए संगै नगरका उपप्रमुख तारा थापा सहित ९ जना वडाअध्यक्ष र ३६ वडा सदस्यहरुलाई उनले सपथ ग्रहण गराएका छन्। निर्वाचन कार्यालय रामधुनीले जनप्रतिनिधिहरुलाई प्रमाण पत्र हस्तान्तरण पछि रामधुनी नगरको नयाँ भवनमा सुक्रवार कार्यक्रम समारोह आयोजनागरी सपथ ग्रहण गराएका हुन ।

नगरकाे वडा नम्बर १ का वडाअध्यक्ष महेश चौधरी, वडा नम्बर २ का रामनारायण चौधरी, वडानम्बर ३ का बुधनारायण चौधरी, वडा नम्बर ४ का कमल कार्की, वडा नम्बर ५ का भोला वास्तोला, वडा नम्बर ६ का शिव संकर राजधामी, वडा नम्बर ७ का केशव गौतम, वडा नम्बर ८ का सुरेन्द्र सिंह खवास र वडा नम्बर ९ का वडाअध्यक्ष घनश्याम चौधरी विजयी भएका हुन् । शुक्रबार नै उनिहरूले पद तथा गाेपनियताकाे सपथ  ग्रहण गरेका छन ।

सपथ ग्रहणसँगै निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबारदेखि नै आफ्नो पालिका तथा वडामा पदभार ग्रहण गरेका छन ।

रामधुनी नगरमा कुल जनसंख्या  ६३ हजार ३ सय ७८ जना मध्ये कुल मतदाता ४१ हजार ४ सय ७८ जना रहेको छ । जसमा २९ हजार ७ सय ४२ मत खसेको निर्वाचन अधिकृत कार्यालय रामधुनीले जनाएको छ । ए वडा वडा रहेकाे याे नगरमा कसल मतदाताकाे ७१.७१ प्रतिशत मत खसेको थियो ।