धनकुटामा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रमुख तथा अध्यक्षले शपथग्रहण गरेका छन । जिल्लाका सात स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन  ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फडिन्द्र प्रसाद पराजुलीले नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

जिल्लाको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्घ, पाख्रिवास नगरपालिका प्रमुख ज्ञान बहादुर गुरुङ र महालक्ष्मी नगरपालिका प्रमुख धु्रवराज रायमाझीले शपथग्रहण गरे । त्यस्तै छथरजोरपाटी गाँउपालिका अध्यक्ष छत्र सुब्बा, सागुरीगढी गाँउपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई,सहिदभुमी गाँउपालिका अध्यक्ष मनोज राई र चौविसे गाँउपालिका अध्यक्ष राजकुमार चेम्जोङ्घले पनि आजै शपथ ग्रहण गरेका हुन  ।

स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्रबारदेखि  नै आफ्नो पालिकामा पदभार ग्रहण गरेका छन । पदभार गरे लगत्तै उनीहरुले आफ्नो पालिकाका सबै जनप्रतिनिधिलाई सफत ग्रहण गराएका छन ।