उर्लाबारी । उर्लाबारीमा नेकपा एमालेले पाच“ बर्ष अघि गुमेको राजनितीक बिरासत अन्ततः फर्काएको छ । २०४९ र ०५४ मा भएको स्थानिय निर्वाचन र २०४८,  २०५१, २०५६ को संसदिय निर्वाचनमा नेकपा एमालेको लाल किल्लाको रुपमा स्थापित उर्लाबारीमा पनि २०७४ को स्थानिय निर्वाचनमा मेयर नेपाली कांग्रेसले हात पारेको थियो ।

 बिहीबार राती अवेर सम्म भएको अन्तिम मत गणनामा कांग्रेसका तर्फबाट उम्मेदार खड्ग फागोलाई १ हजार ८ सस ८४ मतले पछि पार्दै एमालेका गंगाप्रसाद खरेल मेयर पदमा बिजयी भएका हुन । खरेलले १२ हजार ३२ मत प्राप्त गरेका छन । अघिल्लो २०७४ को निर्वाचनमा फागोले एमालेका भूपाल जिमीलाई ३ हजार ९० मतले पछि पार्दै जित हासील गरेका थिए ।

 यसैगरी उपमेयरमा पनि कांग्रेसी सिता कार्कीलाई ८८ मतले पछि पार्दै एमालेकी मिना पौडेलले जित हासील गरेकी छन । पौडेलले १० हजार ६ सय १८ मत प्राप्त गरेकी छन । उता एमालेबाट वडा नं. १, ३, ५, ७  र ८ नं. क्रमशः वडाध्यक्षमा तिलक पाण्डे, भिष्म बुढाथोकी, रविन लामा, उर्मिला थापा र कुलबहादुर कार्कीले सफलता हात पारेका छन भने कांग्रेसले २, ४, ६ र ९ नं. मा क्रमशः राजन कडेल, कल्याण राई, चिन्तामणी पौडेल र नरबहादुर मोक्तानले वडाध्यक्ष हात पारेका हुन । यस निर्वाचनमा एमालेलाई मेयर उपमेयर, ५ वडाध्यक्ष सहित २७ सिट प्राप्त भएको छ भने कांग्रेसले ४ वडाध्यक्ष सहित २० सिटमा चित्त बुझाउनु परेको छ । 

  नगरको निर्वाचनमा दुई ठुला पार्टी एमाले र कांग्रेस एक्ला एक्लै चुनावी मैदानमा होमीएका थिए भने नेकपा(माओवादी), नेकपा (एस), र जनता समजवादी संयुक्त गठवन्धनमा होमीए पनि उक्त गठवन्धनले सफलता पाउन असमर्थ भएका छन ।

निर्वाचनमा आफनो पार्टी भित्रको चर्को अन्तरघात, स्वातन्त्र उम्मेदार र अगुवा कार्यकर्ताको असयोगका कारण विरासत जोगाउने प्रयासमा कांग्रेस विफल  भएको छ भने एमालेले पनि एमालेले कांग्रेस भित्रको मतान्त्तरमा खेल्दै विगतमा गुमेको ४७ सिट सहित बिरासत फर्काउन असमर्थ भएको छ । नगरमा कुल ४४ हजार २ सय ७२ मतदाता मध्ये २९ हजार ७ सय ३० जनाले मदतान गरे पनि निर्वाचन कार्यालयले जनाएको छ  ।