बेलबारी ।  गत बैशाख ३० गते सम्पन्न निर्बाचनको शुक्रबार बिहान प्राप्त मतपरिणाम अनुसार मेयरमा एमालेका दिलप्रसाद राई उपमेयरमा नितु थावा (कोईराला) निर्बाचत भएका छन ।

मेयरमा निर्बाचित राईले १६४२२ मत ल्याएर बिजय प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५६२० मत प्राप्त गरे । यसैगरी मेयरका उमेदवार माओबादी केन्द्रका नगेन्द्र खडकाले २९३७ मत प्राप्त गर्दा राप्रपाका खेम गौतमले ४६० मत प्राप्त गरे । यसैगरी मेयरका उमेदवार एकिकृत समाजवादीका भुपाल बस्नेतले २१९,मंगोल नेशनलका भिम राईले २१० र श्याम नेपालीले १० मत प्राप्त गरेका छन ।

उपमेयरमा नेपाली काँग्रेसकी नितु थापाले १३७३१ मत ल्याउँदा एमालेकी तिलकुमारी गौतम (तिला न्यौपाने) ले १३६०५ मत ल्याईन । माओबादी उमेदवारले ३७४२ मत ल्याउँदा राप्रपा उमेदवारले ५००,जनता समाजवादी पार्टीका उमेदवारले ४८९,स्वतन्त्र उमेदवार रुक्मिणी धिमालले २७०७ र एकिृत समाजवादी उमेदवारले १८९ मत प्राप्त गरेका छन् ।