धरान उपमहानगरपालिका वडा नम्बर १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकाबाट उमेदवारी दिएका कृष्ण प्रसाद भट्टराई  वडाध्यक्षमा विजयी भएका छन् । २०७४ सालमा नेपाली काँग्रेसबाट विजयी भएका भट्टराई चुनाव अघिमात्र राप्रपा प्रवेश गरेका थिए । राप्रपाकाे हलाे चुनाव चिन्हबाट लिएर दाेस्राे कार्यकालका लागि उमेदवारी दिएका भट्टराईले  ९०५  मत प्राप्त गरेर विजयी भएका हुन् । 

उनका प्रतिद्वन्द्वी एमालेका उत्तम आलेले  ६५४ मत पाएका छन् भने काँग्रेसका श्याम श्रेष्ठले २९८ मत पाएका छन् । 

सदस्यहरूमा भने एमालेबाट महिला सदस्य उमेदवारी दिएकी  झरना पौडेल मुखियाले ७१२ मत, दलित महिला सदस्य दुर्गा बिकले ७३४ मत प्राप्त गर्दै विजयी भए । खुल्ला सदस्यहरूमा काँग्रेसका  कमल भट्टराई ७२१ र राम तामाङ ७३१ मत प्राप्त गरेर निवार्चित भएका छन् ।